• २०८३ श्रावण २८ बिहीबार

उत्तराखण्डको बाढीपछि अहिलेसम्म १३ नेपालीको उद्धार

उत्तराखण्डको बाढीपछि अहिलेसम्म १३ नेपालीको उद्धार

काठमाडौँ । भारतको उत्तराखण्डमा गएको भिषण बाढी पहिरोपश्चात् अहिलेसम्म १३ नेपाली नागरिकको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार शुक्रबार एक नेपालीको उद्धार गरिएकोमा शानिबार १२ नेपालीको उद्धार गरिएको छ ।     

दुताबासले उत्तराखण्ड स्थानीय प्रशासनले उद्धार गरिएका १३ नेपाली नागरिकको नाम उपलब्ध गराएको उल्लेख गरेको छ ।  उद्धार गरिएकाहरुमा कालिकोटका प्रशान्त कामु रहेका छन् भने अन्यमा प्रशंसा शाह, कोमल शाह, रमन शाह, गंगा, दिनेश, सुर्य शाहि, प्रविन सिंह, बिक्रम सिह, नवराज बोहोरा, गणेश बहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही, नरेन्द्र शाही रहेको नेपाली दुताबासले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै