दाङ । दाङको लमही-घोराही सडकखण्ड अन्तरगत पर्ने मसोट खोलामा डाईभर्सन निर्माण गरेर यातायात सुचारु गरिएको छ ।
मसोट खोलाको पुल जिर्ण भएपछि शुक्रबार साँझसम्म सवारी साधन बाँध गरेर निर्माणको काम भइरहेको छ ।
लमही-अमिलिया-तुलसीपुर-घोराही सम्मको बैकल्पिक बाटो टाढा पर्ने र यात्रुलाई सास्ती हुने भएपछि पुलकै किनारबाट डाइभर्सन गरि बैकल्पिक सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।
पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द गरिएको छ ।









