• २०८३ जेठ १५ शुक्रबार

बलात्कार मुद्दामा कर्नाटकका पूर्व सांसद प्रज्वल रेवन्ना दोषी ठहर

बलात्कार मुद्दामा कर्नाटकका पूर्व सांसद प्रज्वल रेवन्ना दोषी ठहर

काठमाडौँ । भारतको कर्नाटकका पूर्व सांसद प्रज्वल रेवन्ना बेंगलुरुको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले रेवन्नालाई शनिबार यस मुद्दामा सजाय सुनाउने बताएको छ ।

निर्वाचित प्रतिनिधिहरूसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्न गठित विशेष अदालतले एफआईआर दर्ता भएको १४ महिनापछि यो फैसला सुनाएको छ ।

प्रज्वल रेवन्नाविरुद्ध पहिलो मुद्दा हसन जिल्लाको ग्रामीण प्रहरी चौकीमा दर्ता भएको थियो । हसन जेडीएसको गढ हो र प्रज्वल रेवन्ना पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन् । एक महिलाको उजुरीमा अप्रिल २८ मा प्रज्वल विरुद्ध पहिलो एफआईआर दर्ता गरिएको थियो ।

उजुरी गर्ने महिला रेवन्नाको घरमा घरेलु कामदारको रूपमा काम गर्ने गरेको र सोहि समयमा रेवनाले उनलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । रेवन्नाले जबर्जस्ति गरेको भिडियो समेत बनाएका थिए । 

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, रेवन्नालाई विशेष अदालतले उनी विरुद्ध दर्ता भएका चार यौन दुर्व्यवहार र बलात्कार मुद्दामध्ये एकमा दोषी ठहर गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै