• २०८३ जेठ २१ बिहीबार

अहिराजविरूद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता

अहिराजविरूद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता

काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मङ्गलबार मुद्दा दर्ता गरेको जनाएको छ । 

अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएर मुद्धा दर्ता गरेकी थिइन् । 

अहिराजविरूद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । 

यस व्यवस्था अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कारको आरोप पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै