• २०८३ असार २६ शुक्रबार

राप्रपाले दियो २०४६ साल पछिका उच्च पदस्थको सम्पत्ति छानविन गर्न विभागमा निवेदन

राप्रपाले दियो २०४६ साल पछिका उच्च पदस्थको सम्पत्ति छानविन गर्न विभागमा निवेदन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार राप्रपाले औपचारिक रुपमा सम्पत्ति शुद्धीकरण विभागमा २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न निवेदन दिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै