• २०८२ कार्तिक २६ बुधबार

बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन

kharibot

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । 

सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएदेखि नै उनको योग्यतामाथि प्रश्न उठ्दै आएको छ । उनले पेस गरेका कागजातहरूमाथि प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले समेत नक्कली कागजका आधारमा किन नियुक्ति दिएको भन्दै प्रश्न गरेपछि सरकार एक्सनमा आएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै