• २०८३ श्रावण २४ आइतबार

भोटेकोशी र सुनकोशी नदीका आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

भोटेकोशी र सुनकोशी नदीका आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

चीनको न्यालम क्षेत्रमा हाल वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने तथा यी दुई नदी आसपास जोखिम रहन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै प्रशासन कार्यालयले अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ खण्ड) मा सवारी चलाउँदा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै