• २०८२ कार्तिक २६ बुधबार

काँग्रेस नेता बस्नेत विशेष अदालतमा उपस्थित, बयान जारी

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालत काठमाडौंमा उपस्थित भएका छन् । 

नेता बस्नेतले आज विशेष अदालतमा उपस्थित हुने निवेदन दिदै अदालतमा उपस्थित भएपछि न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान जारी रहेको छ ।

बयान सकिए आजै थुनछेक बहस  हुनेछ र थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि धरौटीमा छोड्ने कि कारागार पठाउने आदेश आउने भएको छ । 

बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै बस्नेत,दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बराबरको विगो माग गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै