काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् ।
प्रधानन्यायाधीश राउतको नेतृत्वमा भएको निरीक्षणको क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन समेत दिएको नेपाली सेनाले जनाएको छ । निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधान सेनापति अशोक राज सिग्देलले स्वागत गरेका थिए ।
भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायधीश लाल बहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्टार बिमल पौडेल लगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।









