• २०८३ बैशाख २६ शनिबार

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ । 

सोमबार बिहान अदालतमा हाजिर भएका राणालाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका थिए ।

त्यस्तै बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कविहिन रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै