ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो प्रतिष्पर्धी मात्र रहेको र् शत्रु नभएको बताएका छन् ।
शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् ।
ट्रम्पलाई के पुटिन तपाईको शत्रु हुन् ? भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने - होइन पुटिन मेरो शत्रु होइनन् ।
त्यसपछि त्यसो भए के पुटिन तपाइको साथी हुन् त ? भन्ने प्रश्नमा ट्रम्पले भने- ‘होइन, मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”
“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”
बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन् ।