• २०८३ कार्तिक २८ शनिबार

बाबुरामको 'जनयुद्धमा थोरै मान्छे मारिएको' भन्ने अभिव्यक्तिपछि विवाद, कार्यक्रम स्थलनै छोड्नुपर्यो !

बाबुरामको 'जनयुद्धमा थोरै मान्छे मारिएको' भन्ने अभिव्यक्तिपछि विवाद, कार्यक्रम स्थलनै छोड्नुपर्यो !

काठमाडौँ । तत्कालीन सशस्त्र माओवादी जनयुद्धको नेतृत्व गरेका मध्येका एक नेता डा. बाबुराम भट्टराईको अभिव्यक्ति विवादमा परेको छ । 

बिहीबार काठमाडौंमा नेपाल मानवअधिकार सङ्गठनद्वारा आयोजित 'मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर' विषयक नागरिकस्तरीय छलफलमा वक्ताका रूपमा उपस्थित भएका डा. भट्टराईले गाजाको उदाहरण दिदै अन्य देशको तुलनामा नेपालमा माओवादी जनयुद्धमा थोरै मान्छे मारिएको आशयको अभिव्यक्ति दिएपछि द्वान्द्पिदितले प्रतिवाद गरेका थिए ।

द्वन्द्वपीडितहरूले सोधेका छन्, 'के अझै मान्छे मारिनुपर्थ्यो ? १७ हजार कम भयो ? भन्दै आपत्ति जनाएपछि बाबुरामले कार्यक्रम स्थलनै छोडेर निस्किएका थिए ।

बाबुरामको अभिव्यक्ति प्रति तत्काल एक द्वन्द्वपीडितले कार्यक्रम स्थलमै प्रतिवाद गरेका थिए । प्रधानमन्त्री भइसकेको व्यक्तिले त्यस्तो अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै उनले भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नुभयो, के नेपालमा अझै मान्छे मर्नुपर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ?' 

बाबुरामले उनलाई सम्झाउन खोजेपनि उनी थप आक्रोशित भएका थिए । त्यसपछि बाबुराम कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै