विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखिय सुधार आएको बताएका हुन ।
गृहमन्त्री लेखकले संचारकर्मीसँग भने- ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिलो कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ । ’
उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए । उनले यो सरकारको पहिलो उद्धेश्य भनेको राजनीतिक स्थिरता पनि हो ।’
यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउछ । संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य हुदैन । जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ।
नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विद्येयक मिलेमतोमा अट्कीएको छ नि ?भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखले भने- ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्याउछौ । भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा हामी अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाहि गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।
फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पुरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुदैन । यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ ।
यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन । उद्योगधन्दा संचालनमा सहज होस भनेर नयाँ कानून आएका छन । भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन । निरास हुनु पर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन होला तर निरासा हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरि काम गरेको छ ।'









