• २०८२ जेठ ५ सोमबार

दिल्लीस्थित नेपाली दूतावासको आग्रह: आपतकालीन अवस्था आए सम्पर्क गर्नु !

kharibot

काठमाडौँ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।

शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्‌कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै