• २०८२ जेठ ५ सोमबार

हेटौँडामा सडकमा भासिएर बेपत्ता जीप अझै भेटिएन, फर्कियो भूगर्भविद्को टोली

kharibot

हेटौडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँको सडकमा बेपत्ता भएको गाडी अहिलेसम्म पनि फेला पर्न सकेको छैन ।

यही वैशाख १९ गते सडकमा भासिएको भानियेको बोलेरो जीप लगातारको खोजपछि पनि भेटाउन नसकिएको प्रहरीले जनाएको छ ।

यस घटनाको अध्ययननिम्ति आएको भूगर्भविद्को टोली जीप फेला नपारी फर्किएको छ । उक्त टोलीले जीप भासिएको भनिएको स्थान वरिपरि बोरिङ गरिएको पानी संकलन गरेर ल्याब परीक्षणका लागि साथ लिएर बुधबार काठमाडौं फर्किएको हो । टोलीले पानीको ल्याब परीक्षणबाट प्राप्त हुने रिपोर्टपछि दोस्रो चरणको अनुसन्धान र खोजतलास कार्यलाई तीव्रता दिइने बताएको छ ।

टोलीले मंगलबार र बुधबार उक्त स्थान वरिपरि खोजतलास गरेको थियो । तर, हालसम्म जीप फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

अहिले भासिएको स्थान वरिपरि आवतजावत रोकिएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै