• २०८२ कार्तिक २५ मंगलबार

पर्वत एमालेको दुई समुहबीच झडप, गण्डकी प्रदेश सदस्य गम्भीर घाइते

kharibot

पोखरा । नेकपा एमालेको पर्वत कार्यालयमा दुई समुहबीच झडप भएको छ ।

राष्ट्रिय युवा संघ पर्वतको नवौं जिल्ला अधिवेशनका क्रममा झडप हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन निर्जन पौडेलको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य केही घाइते भएका छन् ।

एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशनका क्रममा पर्वतका दुई नेताहरु गणेश तिमिल्सीना पक्ष र पदम गिरी पक्षका बीच झडप भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै