• २०८३ असोज ८ बिहीबार

किट विश्वविधालयमा प्रेशा मृत्युको घटनाको छानबिन गर्न सभामुखको सरकारलाई निर्देशन

किट विश्वविधालयमा प्रेशा मृत्युको घटनाको छानबिन गर्न सभामुखको सरकारलाई निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत फेला परेकी प्रेशा शाहको घटनाको निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले सोमबारको बैठकमा सांसदहरुले उठाएको यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारले घटनाको छानबिन गरि सम्बन्धितहरुसँग छलफल गर्न निर्देशन दिएको छ । उनले विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको सुरक्षाको विषयमा कार्य गर्न समेत निर्देशन दिएका छन् ।  

सभामुख घिमिरेले भने- 

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (के आई आई टी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ ।

उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु ।

सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रेशा गत बिहीबार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै