काठमाडौँ । काठमाडौँमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेका छन् ।
चौथाइवालेले विहिबार अपराहन्न कांग्रेस महामन्त्री गगन थापासँग लन्च मिटिंग गरेका छन् ।
चौथैवालेले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता उदय शमशेर राणा, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै उनले बुधबार गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए ।









