• २०८३ जेठ १ शुक्रबार

विद्युत प्राधिकरणको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम स्थगित

विद्युत प्राधिकरणको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्वले  तयार गरेको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्नका लागि मंगलबार बिहान ११: ३० बजे कार्यक्रम तय गरेका थिए । 

अर्को सूचना नहुँदा सम्मका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको शाक्यको सचिवालयले जानकारी गराएको छ । शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेपछि प्राधिकरणको वर्तमान अवस्था र चुनौती विश्लेषण गर्दै श्वेतपत्र जारी गर्ने बताएका थिए ।

श्वेतपत्रमा प्राधिकरण घाटामा रहेको र यसअघि कुलमान घिसिङले दाबि गरेका आँकडा गलत रहेको उल्लेख गरिएको दाबि गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै