• २०८२ जेठ ५ सोमबार

विद्युत प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेको छ । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन् । 

उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्यौल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे यस सदनलाई जानकारी गराउनको लागि सरकारलाई रुलिङ् होस भनि सभामुख समक्ष अनुरोध गर्दछु ।’

यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलासययुक्त बुढि गण्डकि जलविद्युत परियोजना यही आर्थिक वर्षदेखि निर्माण सुरु गरियोस् भनि सरकारसँग माग पनि गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै