• २०८२ जेठ ५ सोमबार

मन्त्री पन्त र शिक्षकको वार्ता किन भाँडियो ?

kharibot

काठमाडौँ ।  नयाँ शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुसँग गर्ने भनेको वार्ता भाँडिएको छ ।  

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता हुन नसकेको जानकारी दिएका छन् । मन्त्री पन्तसँग वार्ता गर्न गएको शिक्षकको टोली सिंहदरबारको गेटबाटै फर्किएको थियो । 

आजको बार्ता नहुनुमा शिक्षा मन्त्रालयले तयार गरेको बार्ता सूचीमा महांसघबाट गएका शिक्षक प्रतिनिधिहरुको नाम नहुनु रहेको पाइएको छ । मन्त्रालयले आफ्नै किसिमले शिक्षकहरुको बार्ता टोलीको नाम सार्बजनिक गरेपछि महासंघका प्रतिनिधिहरु गेटबाटै फर्किएको बुझिएको छ ।

शिक्षा मन्त्रालयले विभिन्न शिक्षकसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिलाई समेट्दै २५ जनाको सूची सार्बजनिक गरेको थियो । 

बार्ताका लागि तयार रहेका शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरु मन्त्रालय नपुगी फर्किएको थाहा पाएपछि भने आफुहरु नेपाल शिक्षक महासङ्घले बनाएको आधिकारिक वार्ता टोलीसँग वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । 

बिभिन्न माग राख्दै र विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षक काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै