काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विष्णुबहादुर सिंहलाई एक कार्यक्रमबीच पत्र प्रदान गरेका छन् ।
सोही अवसरमा यसघिका निर्देशक सोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रिक्त पदको जिम्मेवारी विष्णुबहादुर सिंहलाई दिइएको हो।
सोही अवसरमा सोभितराज प्रसाईंलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो। त्यस्तै हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदीशप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो।
उनीहरुलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाइ दिदै सोभितराज प्रसाईलाई बिदाइ गरेका थिए ।









