काठमाडौंमा । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेको छ ।
वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको महासंघले जानकारी गराएको छ । शैक्षिक सत्र सुरु हुँदा समेत शिक्षकहरु भने विद्यालय बन्द गरेर आन्दोलनमा छन् ।
गत दुइ सातादेखि पेशागत माग राखी शैक्षिक हड्तालसहित सडक आन्दोलन गरिरहेका सामुदायिक शिक्षकका मागप्रति सरकारले अहिलेसम्म पटक पटक बार्ताको आव्हान गरेपनि ठोस सम्बोधन गर्ने तर्फ पहल गरेको देखिएको छैन ।
महासंघको विज्ञप्ति