• २०८२ बैशाख ५ शुक्रबार

ग्यालेक्सी युथ क्लबको अर्को उदाहरणीय काम, सडक महोत्सवका क्रममा भएको फोहोर सफा

kharibot

कपिलवस्तु । ग्यालेक्सी युथ क्लबले कपिलवस्तुको चार नम्बर जितपुरमा सडक महोत्सवका क्रममा भएको फोहोर सफा गरेको छ ।

क्लबका सदस्यहरुले जितपुरमा सडक महोत्सवका क्रममा भएको फोहोर सफा गर्दै आफ्नो सेरोफेरो सफा राख्ने सन्देश दिएका छन् ।

क्लबका अध्यक्ष अमृत गिरीका अनुसार सफाईको क्रममा एक क्विन्टल भन्दा बढी फोहोर व्यवस्थापन गरिएको जानकारी दिए । 

स्थापनाको छोटो समयमा कपिलवस्तुमा सामाजिक कार्यका लागि पहिचान बनाएको ग्यालेक्सी युथ क्लबले यस्तै सहयोगी अभियानका साथै सरसफाई अभियान समेत गर्दै आएको छ । 

क्लबले कपिलवस्तुमा सरसफाई अभियानका साथै दुखमा परेकाहरुका लागि सहयोगी हात बनेर काम गरिरहेको छ ।  केहि दिन अघि मात्र बोनम्यारो क्यान्सरबाट पिडित ६ बर्षिय माहिरा विश्वकर्माको सहयोगार्थ रकम संकलन अभियान चलाएर एक लाख ३१ हजार ४५२ रुपैयाँ उनका पिता मनु विश्वकर्मालाई हस्तान्तरण गरेको थियो । क्लबका अध्यक्ष गिरीले यी बाहेक बालबालिकाको क्षेत्रमा काम गर्ने गरी योजना बनाइरहेको बताए ।

क्लबमा हाल ७२ सदस्य रहेका छन् भने सदस्य बढ्नेक्रम जारी रहेको गिरीले जानकारी गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै