• २०८२ बैशाख ५ शुक्रबार

यु-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

kharibot

काठमाडौं । नेपालले जारी यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

ओमानले दिएको ११८ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालका लागि साहिल पटेलले ४४ र निरज कुमार यादवले ४६ रन बनाए । त्यस्तै कप्तान नरेन भट्टले अविजित १२ रन बनाए ।

यस अघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा  टस हारेर पहिला ब्याटिङ गरेकोको ओमान३८ ओभरमा अल आउट हुदै ११७ रनमा समेटिएको थियो ।

ओमानलाई कम रनमा समेट्नेक्रममा नेपाली युवा बलर युवराज खत्रीले ५ विकेट लिएका थिए । लेग स्पीनर युवराजले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै सन्तोष यादवले २ विकेट लिए भने अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले एक एक विकेट लिए । 

त्यस्तै ओमानका लागि जीत ब्रजेश साहले सर्वाधिक ५२ रन बनाए भने सिद्धार्थ सोम्य शंकर १६ रन र प्रतिश हेमा रमेशले १० रन बनाए ।

योसंगै नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । यस अघि पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको ओमानले लगातार दोस्रो हार बेहोरेको छ । अब नेपालले अर्को खेल बुधबार हङकङविरुद्ध खेल्ने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै