• २०८३ कार्तिक १४ शनिबार

बार एसोसिएसनको अध्यक्षमा मिश्र दोब्बर मतले अगाडी

बार एसोसिएसनको अध्यक्षमा मिश्र दोब्बर मतले अगाडी

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

पछिल्लो मत परिणामानुसार, अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ६ सयभन्दा बढी मतले अग्रता हासिल गरेका छन् । मिश्रले १२९५ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिष्पर्धीमा व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ६८२ मत प्राप्त गरेका छन् । 

त्यस्तै अध्यक्षका अर्का उमेदवार राजु कैदीले ६, उज्वल घिमिरेले ३ र आशीष पौडेलले ११  मत पाएका छन् ।

यस्तै, महासचिवमा मिश्र प्यानलका केदारप्रसाद कोइराला फराकिलो अन्तरले अगाडी रहेका छन् । उनले १२८६ मत प्राप्त गरेका छन् । त्यस्तै श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ५९५ मत ल्याएका छन् भने हरिशंकर कार्कीले ४४ मत पाएका छन् । 

त्यसैगरी कोषाध्यक्षमा जगतबहादुर कार्कीले १३३८, दीपक राईले ५२१ र विष्णुप्रसाद सापकोटाले ५१ मत पाएका छन् ।

बारको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान भएको थियो ।  बारमा नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै