• २०८१ बैशाख २३ आइतबार

एसियाली खेलकुदको फुटबलमा नेपाल जापानको समुहमा

kharibot

काठमाडौँ । आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डीमा परेको छ ।

यस समूहमा नेपालसँगै एसियाली पावरहाउस जापान, भियातनाम र पाकिस्तान छन् । एसियाली खेलकुदमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।

एसियाली खेलकुदमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनिका खेलाडीहरु खेल्न पाउँछन् । प्रत्येक टोलीमा बढीमा तीन खेलाडी बढी उमेरका राख्न पाइन्छ ।

अगष्ट १४ देखि सेप्टेम्बर एकसम्म सञ्चालन हुने पुरुष फुटबलको समूह ए मा आयोजक इण्डोनेसिया, हङकङ, लाओस र चाइनिज ताइपेई छन्, समूह बीमा थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश र कतार छन् ।

त्यस्तै समूह सीमा इराक, चीन, पूर्वी टिमोर र सिरिया छन् । समूह  ईमा दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया र बहराइन छन् । र, समूह एफमा उत्तर कोरिया, साउदी अरब, इरान र म्यानमार छन् ।

६ समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । त्यस्तै समूहमा तेस्रो भएका ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् ।

एसियाली खेलकुदको महिलातर्फको खेलतालिका पनि सार्वजनिक गरिएको छ । सहभागी ११ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन ।

समूह ए मा आयोजक इण्डोनेसिया, दक्षिण कोरिया, चाइनिज ताइपेई र माल्दिभ्स छन् । त्यस्तै समूह बीमा उत्तर कोरिया, चीन, हङकङ र ताजिकिस्तान र समूह सीमा जापान, भियातनाम र थाइल्याण्ड छन् ।

समूह ए र बीका शीर्ष तीन तथा समूह सीका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । महिला फुटबल प्रतियोगिता अगष्ट १६ देखि ३१ सम्म सञ्चालन हुनेछ ।

एशियाली खेलमा फुटबलमा छनौट भएका नेपाली खेलाडी :

इन्डोनेसियामा हुने १८औं एशियन खेलका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम छनौट गरेको छ । एशियन खेल अन्डर-२३ बर्षको प्रतियोगिता भएकोले यस खेलमा ३ जना खेलाडी मात्र २३ बर्ष भन्दा माथि उमेरकाले खेल्ने पाउने छन् ।

प्रतियोगिता आगामी साउन २९ देखि भदौ १ सम्म हुने छ ।

गोलकिपर : किरणकुमार लिम्बु, ऐलन न्यौपाने र सोजित गुरुङ ।
डिफेन्डर : गौरव बुढाथोकी, छिरिङ गुरुङ,  अनन्त तामाङ,  आदित्य तामाङ,  कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी ।
मिडफिल्डर : रोहित चन्द, हेमन्त गुरुङ,  हेमन्त थापा मगर, अन्जन विष्ट,  तेज तामाङ,  अभिषेक रिजाल ।
फरवार्ड : सुनिल वल,  भरत खवास,  सुमन लामा र विमल घर्तिमगर ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै