• २०८१ बैशाख २३ आइतबार

 तीन भारतीय खेलाडीलाई हाङझाउ जान रोक, खेलमन्त्रीले गरे चीन भ्रमण रद्द

kharibot

काठमाडौं । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । 

उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एशियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले  खेलाडी परिचयपत्र (एक्रिडिएशन)नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन् ।

चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भागलिनबाट वञ्चित भएका हुन् । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रुपमा आफ्नो भूमि दाबी गर्दै आएको छ । उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँदिल्ली र बेइजिङबीच विवाद जारी छ । 

यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै