• २०८१ फाल्गुण २६ सोमबार

राष्ट्रियसभाको बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

kharibot

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो । बैठकमा शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा धारणा राख्न समय दिइने छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै