• २०८१ फाल्गुण २५ आइतबार

गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन- महासचिव पोखरेल

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र  नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन् । 

उनले भनेका छन्- 

गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै