• २०८१ बैशाख २४ सोमबार

जनप्रतिनिधि फलोअप काठमाडौँ महानगर वडा नम्बर ४ : खानेपानी प्रमुख समस्या 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्येको ठूलो वडाको रुपमा वडा नम्बर ४ रहेको छ  ।

यस वडामा वालुवाटार (तल्लो, माथिल्लो ),  बिशालनगर , धुम्बाराहि , दाहाल गाउँ , नयाँ कोलोनी,  चण्डोल,  टुसाल( तल्लो , माथिल्लो ),  मिलेजुले, चक्रपथ लगाएतका १५ वटा मुख्य ठाउँहरु काठमाडौँ महानगरपालिका वडा नम्बर ४ भित्र पर्दछन्  ।

स्थानीय  तहको निर्वाचन पछि काठमाडौँ महानगरको पहिलो बोर्ड बैठकले महानगर भित्र विकास निर्माणको कामलाई निरन्तरता दिन काठमाडौँ महानगरका ३२ वटा वडालाई ठूलो, मझ्यौला र सानो गरेर तीन क्याटागोरीमा बिभाजन गरेको थियो, जसमध्ये कामपा वडा नम्बर ४ ठूलो वडामा परेको थियो । 

जहाँ ठूलो वडालाई वार्षिक २ करोड २५ लाख,  मझौलालाई  एक करोड २५ लाख र सानो वडालाई  एक करोड ५ लाख दिने निर्णय गरेको थियो  । 

महानगरको यसै निर्णय अनुसार कामपा वडा नम्बर ४ लाई ठूलो वडाको रुपमा वार्षिक २ करोड २५ लाख रुपैँया छुट्याएको थियो भने, यो आर्थिक वर्षबाट यसलाई बढाएर ३ करोड पुर्याइएको छ । यो वडाको जम्मा जनसंख्या ७० हजार रहेको छ भने मतदाता १६ हजार रहेका छन्  ।

यस वडाका सबै जनप्रतिनिधिहरु वर्तमान नेपाल कम्युनिष्ठ पार्टीबाट बिजयी भएका थिए । यस वडामा  प्रधानमन्त्रिदेखी पूर्वसभामुख, सुवास नेम्वाङ् , राप्रपा अध्यक्ष कमल थापा,  राप्रपा प्रजातान्त्रिकका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी,  काँग्रेस नेता डा. रामशरण महत, टंक ढकाल,  चन्द्र भण्डारी लगाएतका बिशिष्ट ब्यक्तित्वहरु बस्दै आएका छन्  ।

यस वडाका वडा अध्यक्ष मोहन बहादुर बिष्ट रहेका छन्  । अन्य वडामा जस्तै यस वडामा पनि  धेरै विकास निर्माणका कामहरु भएका छन्  ।

खरीबोटसँग कुरा गदै वडा अध्यक्ष बिष्टले स्थानियको माग  र आबश्यकताको आधारमा  विकास निर्माणको काम गदै आएको बताए । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा मुख्य समस्याको रुपमा खानेपानी, ढल, सडक तथा बत्ति रहेको वडा अध्यक्ष बिष्टले बताए । 

अध्यक्ष बिष्टको अनुसार एक वर्षको अवधिमा यस वडामा धेरै विकास निर्माणको काम सम्पन्न भएका छन् , उनले भने “ वडामा भएका धेरै समस्या मध्येमा धेरै ठाउँमा विकास निर्माणमका काम सम्पन्न भएका छन् , तर पूर्ण सम्पन्न चै नभनम् ।    ”

प्रधानमन्त्रिदेखी सुकुम्बासी सम्मको बस्ती रहेको यस वडामा सडक, बत्ति , ढल लगाएतका समस्या रहेको यस वडामा कसरी समस्या समाधान हुन्छ भन्ने सवालमा अध्यक्ष बिष्ट भन्छन् , खानेपानी आफ्नो पहुँच भन्दा बाहिर रहेकाले खानेपानी संस्थानसंग निर्भर हुनुपर्ने भएकाले खानेपानीसंग अनुरोध गरेको र मेलम्चीको पानी आउँदा पनि वडामा पानीको समस्या रहिरहे स्रोत र साधान सार्वजनिक जग्गा र बजेट प्रर्याप्त भएकाले डिप बोरिङ्ग गरेर वडामा पानी वितरण गर्ने उनले बताए । उनले भने “ मेलम्चीको पानी डेढ वर्षमा आउने कुरा छ , यदि मेलम्चिको पानी आउँदा पनी पानीको समस्या भए विकल्पको रुपमा हामी डिप बोरिङबाट पानी निकाल्छौँ  ।”  यसको लागि वडावासीलाई आश्वासन समेत दिएको उनले बताए । 

त्यस्तै वर्तमान पानीको समस्या समाधानको विकल्पको रुपमा वडा वासीहरुले कोहिले ईनार त कोहिले डिप बोरिङ्ग गरेर पानीको प्रयोग गरेको उनले बताए । 

धेरै काम मध्ये सडक तथा पिचको काम ८० प्रतिशत सकिएको र बाँकि आर्को वर्ष गर्ने योजना रहेको उनले बताए । त्यस्तै, गत आर्थिक वर्षमा ६ ÷ ७ लाखको बत्ति जडान गरेको बताएका बिष्टले झरि रोकिएपछि बाँकि ठाउँमा बत्ति जडान गर्ने उनले बताए । बिष्टका अनुसार कतै, सोलार बत्ति त कतै सामान्य चिम फिट गरिएको छ  । धुवाँधुलो बढी हुने भएकाले सोलार बत्ति टिकाउ नहुने र सफा गर्ने साधन समेत उपलब्ध नभएकाले सोलार बत्ति टिकाउँ नहुने बताएका बिष्टले यसमा आफु पछि पर्ने होकि भन्ने आशंका ब्यत्त गरे । त्यस्तै , ढल निर्माणको कार्य भने यस वडामा सबै सम्पन्न भईसेको उनले बताए , भन्छन् “ ढलको काम सबै सम्पन्न भएको छ  ,नगन्य मात्रमा छुटपुट रहेको ढल निर्माण खोजेर काम गरिरहेका छौँ स्थानीयको माग अनुसार काम गर्दे आएको भएता पनी ढल निर्माणको माग खासै आएको छैन्  । ” त्यसैले उनी भन्छन् पूर्ण रुपमा नभनौ ९९ प्रतिशत ढलको काम सम्पन्न भएको छ  ।

यस वडामा ब्लक छाप्ने, ढल निर्माण, ढलान,  ग्राभिलिङ्ग, गाहे, खानेपानीको पाईप जडान लगाएतका काम सम्पन्न भएका छन्  । चण्डोल क्लब, प्रगती मार्ग, पुनवीर मार्ग, सुकर्ण गल्ली, योग केन्द्र,जनसेवा गल्ली, शिवप्रिया मार्ग,चेपे मार्ग,  महर्जन गल्ली, बागमती कलेज नजिक , प्रखर गल्ली, उपहार गल्ली, निर्दोष गल्ली, हिमचुली मार्ग धुम्बाराही , वैष्णवी मार्ग, इन्द्रमाया गल्ली,  ममता गल्ली,  सुमंगल गल्ली,  गौरिगणेश मार्ग, गौतम गल्ली, तिवारी गल्ली, वंशिधर मार्ग, धुम्वमराही स्कुल परिसर ,  शरद मार्ग, मिथिला मार्ग,  आशिष मार्ग लगाएतका ठाउँमा ब्लक छाप्ने काम सम्पन्न भएको छ । 

त्यस्तै, मनकामना गल्लीमा ढल सहित ढलान, गोमती मार्गमा ढलान,  प्रगती मार्गमा ढल तथा ढुङ्गा छाप्ने कार्य,टुकुचा मार्गमा  ढल, ढलान र ब्लक छाप्ने कार्य, धन्यन्तरी मार्गमा ढल,  ग्राभिलिङ् ,  चेपे गल्लीमा ब्लक तथा ढल,  चांगु नारायणमा ढलान, धनुष गल्लीमा  ढलान,  गणेशवस्तीमा  ढल मर्मत,  शंखर्पामा ढुङ्गा छाप्ने,  वडा भित्र सडक बत्ति राख्ने, चण्डोलमा ढलको कार्य, वक्ररेखा मार्गमा ढलान, मगर गौडा मार्गमा ढलान , उपहार गल्लीमा ढल, प्रगति  टोलको खहरेमा गाहे,  दिप ज्योती मार्गमा ढल , रारा मार्गमा पार्क निर्माण, विन्दवासिनी मन्दिर परिसर र शिवस्थली क्रियापुत्री भवनमा  शौचालय निर्माण ,ईच्छुमती मार्ग वालुवाटारमा ढुंगा छाप्ने कार्य, दिपज्योती मार्गमा  ढल निर्माण  प्रगतीटोल खहरेमा गार्हे लगाउँने , धुम्बाराही क्लवको कोठा निर्माण ,  धुम्वाराही दाहाल गाउँमा खानेपानी लाईन बिस्तार, रिङ्गरोड धुम्वाराहीमा गार्हे, प्रगतीटोल विशाल नगरमा ढुङ्गा छाप्ने कार्य, चण्डोलमा ढुङ्गाको गार्हे लगाउँने,  अन्नपूर्ण मार्ग, दिपज्योती, जाल्पादेवी, नवटोल, कृष्ण गल्ली र  दोसाध गल्ली  चण्डोलमा पिचको काम सम्पन्न भएको छ  । त्यस्तै, धेरै ठाउँमा सार्वजनीक जग्गा संरक्षण, र १४ ठाउँमा बाटो टाल्ने  रब्याल्क टपको काम सम्पन्न भएको छ भने   शंखपार्कमा  टेण्डरको कार्य भईरहेको छ ।यसरी हेर्दा काठमाण्डौँ महानगरपालीका वडा नम्बर ४ मा धेरै विकास निर्माणको काम सम्पन्न भएको देखिन्छ  ।

वडा अध्यक्ष बिष्ट आफु धेरै का मगर्ने लक्ष्यको साथ आएकाले वडामा अझ धेरै काम गर्न बाँकि रहेको बताउँछन् , भन्छन् समग्रमा हेर्दा वडामा धेरै काम भएको देखिएता पनि अझ धेरै काम गर्न बाँकि छ , वडामा भएका समस्या समाधान गर्न आफु लागि परेको छु , विस्तारै वडाका सबै समस्याहरु समाधान हुन्छ ” । उनले भने  । 

वडामा खानेपानीको समस्या  समस्या समाधान गर्न डेढ वर्ष मेलम्चीलाई कुर्ने र मेलम्चीको पानी नआए डिप बोरीङ्ग गरेर खानेपानीको समस्या समाधान गर्ने लक्ष्य उनको छ  । त्यस्तै, वडाका बिभिन्न ठाउँमा ढल मर्मत, निर्माणदेखी, ब्लक तथा ढुङ्गा छाप्ने,ढलान गर्ने, पिच गर्ने, उद्यान मर्मत,पेटी निर्माण, मन्दिर जिर्णेद्धार , क्लब रंगरोघन,  शौचालय निर्माण, जेष्ठ नागरीक भवन निर्माण, बाटो निर्माण,पार्क निर्माण,  सडक पिच तथा प्याचिङ्ग , सडक निर्माणदेखी वडा कार्यालय निर्माण गर्ने ,धोविखोला  करीडोर किनार मार्ग सहित कोलोनिमा ढल निर्माणको  लक्ष्य सहित अगाडी बढी रहेको बिष्टको भनाई छ  ।

त्यस्तै, वडाभरीमा लगभग ३५ घर धुरिको हाराहारीमा रहेका सुकुम्वासीहरुको दिर्घकालीन ब्यवस्थापनको लागि राज्यले नीति निर्माण बनाएर ब्यवस्थापन गर्नुपर्ने र आफुले सल्लाह , सुझाव दिनुपर्ने भएकाले आफुले रक्षा मन्त्रि र प्रदेशका माननीयहरुलाई एकिकृत विकासमा जानुपर्ने भएकाले खानेपानी , सडक, ढल , बत्तिको एकै साथ ब्यवस्थापन गरेर लानुपर्ने र सुकुम्वासीको सन्दर्भमा सार्वजनीक जग्गा खोजी गरेर तीनै सार्वजनीक जग्गामा ८ -१० तले बिल्डिङ् बनाएर अपार्टमेण्टको सिस्टममा गएर वान बेडरुम अन्तर्गत  किचेन,  डाईनिङ्ग, सिटिङ् , सिल्पिङ् गरेर दिने  गरी ठूलो भवन बनाए पुग्ने उनको भनाई छ  ।

जसको लागि सुकुम्बासि को हो त्यो पत्ता लगाउने  रपुर्व मेचीदेखी पश्चिम माहाकाली सम्म कतै पनी  एक टुक्रा जमीन आफ्नो नाममा छैन् भने त्यो सुकुम्बासी हो उनले भने  ।तर आफ्नो वडामा सुकुम्बकासीको नाममा बस्दै आएकाहरु वास्तबित सुकुम्बासी हुन कि हैन्न् त्यो छुट्याउन बाँकि छ उनले भने  । वास्तबिक सुकुम्बासि पहिचान गरेर हाउजिङ्गको लागि मेयरसँग समेत कुरा गरेको उनले बताए  ।

त्यस्तै हाउजिङ्गको कन्सेप्टेले खुल्ला ठाउँ हुने उनको भनाई छ । त्यस्तै सार्वनजीक जग्गा संरक्षण कार्य जारी रहेको रधेरै जग्गा संरक्षण गरेको उनले बताए  ।  त्यस्तै , वडाका सबैलाई समेटेर ९ समिती गठन गरेर सार्वजनीक जग्गा खोजि गर्न लागि परेको उनले बताए  ।

गोपीकृष्णको पश्चिममा रहेको धोवी खोलाको छेउमा पार्क निर्माणको लागि रारा उपभोक्ता समिती र कामपा वडा नम्बर ४ को संयुक्त  आयोजनामा उपयोगी, बालबालीका र बृद्धबृद्धामैत्री हरीयालीमय पार्क निर्माणको काम अगाडी बढीरहेको छ उनले भने  ।

त्यस्तै, महिला शसक्तिकणको लागि पनी यस वडामा धेरै काम सम्पन्न भएका छन् , जस मध्ये, बेकरी , कृस्टल, कौसिखेती लगाएतको तालीम प्रदान गरेको र केहि गरेर खान्छु भनेर ईच्छाशक्ति भएका  र केहि गर्छु भन्ने आट भएका महिलाहरुलाई २ लाखसम्म रकम दिने आश्वासन समेत दिएको उनले बताए  । कौसिखेतीबाट तरकारी फलाएर खाएको समेत उनले बताए । 

त्यस्तै, फोहोर ब्यवस्थापनको लागि डस्विन बाढ्ने काम समेत भएको छ  । वडाको फोहोर ब्यवस्थापनको लागि हप्तामा २ पटक फोहोर संकलन गर्ने काम भएको उनले बताए  ।
त्यस्तै , सुसासनको करा गर्दा स्थानीयलाई दुख नदिई छिटो र छरीतो सेवा प्रदान गरेको छु भन्ने लाग्छ उनलाई । त्यसैले बिष्ट भन्छन्“ मेरो मुल्याङ्कन वडा वासीले गर्ने हो तर म आफैले भन्नुपर्दा राम्रो नै काम गरेको छु  ।”

वडा अध्यक्ष बिष्ट भन्छन् वडामा धेरै विकास निर्माणका काम भएकाले मेयर काम गरेन भन्ने अवस्था छैन् वडामा भएका सबै काम मेयरले नै गरेका हुन् उनले भने , महानगरमा ठूलो विकास निर्माणका काम नभएको हो तर मेयरले कामै गरेनन् भन्न नमिल्ने उनले बताए । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै