काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेड अवार्ड्स फर कर्पोरेट एक्सलेन्स २०२४ इन म्यानीफ्याक्चरिङ क्याटगोरीबाट सम्मानित भएको छ । काठमाडौंमा कर्पोरेट क्लब नेपाल द्वारा आयोजित द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सलेन्स कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक बर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई ु अवार्ड्स फर कर्पोरेट एक्सलेन्स २०२४ इन म्यानीफ्याक्चरिङ क्याटगोरी’ अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ ।
शिभम् यसअघि एनएस क्वालिटी अवार्ड, २०१९, इनर्जी एण्ड इनभायर्नमेन्ट इफीसेंसी अवार्ड २०१९, आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप एचिभर्स अवार्ड २०२३, युएइ, दुबई, श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार, २०२३ ,भारत, अर्गनाईजेसन सेल्स एक्सलेन्स अवार्ड २०२३ र बेट म्यानेजड कम्पनि अफ द इयर २०२२ बाट सम्मानित भइसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बिआइएस ९आइएसआइ०, युआरएस प्रमाणित आइएसओ सर्टिफिकेटस् प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।