• २०८१ फाल्गुण १ बिहीबार

हमासले भन्यो- युद्धविराम सम्झौता अनुसारनै बन्धकको रिहाई हुन्छ

kharibot

काठमाडौँ । हमासले इजरायलसँगको गाजा युद्धविराम सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र सहमति भएको समयसीमा भित्र बन्धकहरूलाई रिहा गर्ने बताएको छ ।

कायरोमा भएको वार्तापछि हमासले यसअघि तय भए बमोजिम नै बन्धक रिहा गर्ने बताएको हो ।

इजरायलबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन । तर इजिप्ट र कतारी रिपोर्टहरूले मध्यस्थकर्ताहरूले दुई पक्षबीचको दूरीलाई कम गरेको र दुवै कार्यान्वयन जारी राख्न प्रतिबद्ध रहेको बताएको छ ।

इजरायलक प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले यस शनिबार बन्धकहरूलाई फिर्ता नगरेमा युद्धविराम समाप्त हुने चेतावनी दिएका थिए । हमासले त्यसअघि इजरायलले सहमति उल्लङ्घन गरेको दाबी गर्दै बन्धक रिहाइ स्थगित गरेको बताएको थियो ।

हमासले इजरायलले सहमति भएको मात्रामा पाल र आश्रयहरू सहित महत्त्वपूर्ण मानवीय सहायता प्रदान गर्न अनुमति नदिएको बताएको थियो, जुन इजरायलले अस्वीकार गरेको थियो।

हमासको बन्धक रिहा नगर्ने घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म सबै बन्धक रिहा नगरेमा नराम्रो हुने चेतावनी दिएका थिए ।

जनवरी १९ मा युद्धविराम सहमति भएपछि हमासले अहिलेसम्म १६ इजरायली र ५ थाई बन्धकसहित २१ बन्धक रिहा गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै