काठमाडौं । पाँच पटकको च्यम्पियन थ्रीस्टार क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४-० गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स फाइनलमा पुगेको हो ।
ब्ल्याक बुल्सको जितमा कुभोन्चभिक, असिफबेक ओरिफजोनोभ, सभ्काटजोन सत्तारोभ र साइडजामोलले एक एक गोल गरेका थिए ।
अब फाइनलमा ब्ल्याक बुल्सको सामना ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबसँग हुने छ ।
यस अघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाईज युनाइटेड लाई १-० ले हराउँदै फाइनल पुगेको थियो । अब फाइनल शनिबार हुने छ ।