• २०८१ फाल्गुण १ बिहीबार

च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको प्ले अफ खेलको पहिलो लिगमा बायर्न म्युनिखले सेल्टिकमाथि जित हासिल गरेको छ ।

गएराती सेल्टिकको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा माइकल ओलीस र ह्यारी केनले एक एक गोल गरेका थिए भने सेल्टिकका लागि एक गोल डाइजेन माएडाले गरेका थिए ।

प्लेअफ अन्तर्गतको दोस्रो लिग अब बायर्न म्युनिखले आफ्नो घरेलु मैदानमा फेब्रुअरी १९ मा खेल्ने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै