• २०८१ माघ २२ मंगलबार

बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदै

kharibot

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदैछन् । 

उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई-बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् । राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन् । उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन् । यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँन लागेकी हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

बेलायती राजपरिवारको वेभ साइटमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो । राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै