• २०८१ पौष २३ मंगलबार

एनओसीमा आबद्ध सबै २७ खेल संघलाई राखेपले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) आबद्ध सबै २७ राष्ट्रिय खेलकुद संघलाई स्पष्टीकरण सोधेको छ ।  

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै गत शनिवार निर्वाचनमा सहभागी भएको तथा नैतिक समर्थन जनाएको भन्दै राखेपले स्पष्टीकरण सोधेको हो । 

अनलाइनमार्फत् भएको निर्वाचनमा २० संघका‌ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा भाग नलिएका ७ संघसहित सबैलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।  

अदालतको आदेशको अवज्ञा र राखेपको निर्देशन अटेर गर्दै एनओसीले निर्वाचन गराएको थियो । निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी ७ उपाध्यक्ष, एक महासचिव, एक सहमहासचिव, तीन सचिव र पाँच सदस्य निर्विरोध निर्वाचित‌ भएका थिए ।  

उच्च अदालत पाटनको आदेशविरुद्ध हुने गरि मंसिरमा विशेष साधारणसभा गर्दै एनओसीले विधान संशोधन गरेको थियो । सोही संशोधित विधानका आधारमा गत शनिबार निर्वाचन भएको हो । पुस १३ गते हुने निर्वाचन नगर्न सर्वोच्चले पुस ११ गते आदेश दिएपनि अटेर गर्दै मतदान भएको थियो । एनओसी आबद्ध २७ राष्ट्रिय संघमध्ये ७ वटाले भने सर्वोच्चको आदेश पालना गरेका थिए । यद्यपि परिषदले सबैलाई एकमुष्ट स्पष्टीकरण सोधेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै