• २०८१ पौष ११ बिहीबार

गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार

kharibot

धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । मंसिर २१ गते उनलाई मस्तिष्कको पक्षघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटल लगिएको थियो । 

उपचारपछि क्रमशः स्वास्थ्यमा सुधार भएपछि तीन दिनअघि उनी धनगढी फर्किएका छन् । हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका नगरप्रमुख हमाल सामान्य बोलचाल र आँगनमा हिँडडुल गर्न थालेका छन् । केही दिन आराम गर्नुपर्ने अवस्था रहेको र चाँडै सन्चो भएर काममा फर्किने उनले बताए । उनले आफु बिहान अरुको सहारामा हिड्ने गर्न

थालेको जानकारी दिदै आफु छिट्टै ठिक भएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै