• २०८१ पौष १ सोमबार

काठमाडौँ महानगरमा आज शोक विदा

kharibot

काठमाडौँ । काठमाडौँ महानगरले आज आफु अन्तर्गतका कार्यालयमा शोक बिदा दिएको छ । महानगरका पुर्व मेयर पीएल सिंहको निधनमा महानगरले आज शोक बिदा दिएको हो ।

सिंहले काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

महानगरले सिंहले प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै आज अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने जानकारी दिएको छ ।

आज बिहान निधन भएका सिंहको आजै साँझ अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै