काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत चेक गणतन्त्रको क्लब भिक्टोरिया प्लेजनलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले भिक्टोरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा रासमस हजल्याण्डले २ गोल गरेका थिए भने भिक्टोरियाका लागि माटेज भिद्राले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको ६ खेलमा १२ अंक भएको छ र अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ । त्यस्तै भिक्टोरिया प्लाजेनको ६ खेलमा ९ अंक रहेको छ र १७औ स्थानमा रहेको छ ।









