• २०८१ पौष २ मंगलबार

बुद्ध एयरले थप्यो १९औँ एटीआर विमान

kharibot

काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९औँ एटीआर विमान भित्र्याएको छ ।

नयाँ एटीआर–७२ विमान थपेसँगै कम्पनीसँग एटीआर–७२ सिरिजका विमानको संख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटीआर–४२–३२० र १६ वटा एटीआर–७२–५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै