• २०८१ मङ्सिर १८ मंगलबार

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

kharibot

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

टियु क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारि खेलेका थिए । शाहले ४२ बलमा ६२ रन बनाएका थिए ।

त्यस्तै जिमी नीशमले १६ रन थपेको खेलमा ओपनर आसिफ शेखले ३६ रनको योगदान दिएका थिए । जनकपुरको यो लगातार दोस्रो जित हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । 

एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्ने आएका शिखर धवनले कर्णालीका लागि १४ बलमा १४ रन बनाउँदै आउट भएका थिए ।

अब मंगलबार दुई खेल हुदै छ । आज बिहान ९ बजेदेखि सुदूरपश्चिम रोयल्स र बिराटनगर खेल्दै छन् भने अपरान् १: १५ बजेदेखि चितवन र पोखरा खेल्दै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै