काठमाडौं । बझाङको सूर्मा गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् ।
पुजारा ६५७ मत पाएर विजयी हुँदा नेकपा एमालेका लखीचन्द्र बोहरा ४८७ मत ल्याएर दोस्रो भए । यहाँ माओवादीका पुस्करबहादुर बोहराले १७ मत मात्रै पाए ।
यो वडामा यसअघि एमालेका सर्जनबहादुर बोहोरा विजयी भएका थिए । यसपटक नतिजा उल्ट्याउँदै कांग्रेसले बाजी मार्यो । ०७९ मा माओवादीले भने उम्मेदवारी दिएको थिएन ।