• २०८१ मङ्सिर १० सोमबार

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका हुन् ।

राजनीतिक विवादका कारण लामो समयदेखि धितोपत्र बोर्डले नेतृत्व पाउन सकेको थिएन । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल गत साल पुस २० गते सकिएसँगै बोर्ड नेतृत्वविहीन रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै