• २०८१ मङ्सिर ३ सोमबार

ढुङ्गानाले पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ- आयोग

kharibot

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने  जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्याएको योगदानको उच्च मूल्याङ्कन हुने आयोगले विश्वास लिएको उल्लेख छ ।

आयोगले भनेको छ- 'ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ । नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ ।'

ढुङ्गानाले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र शान्ति प्रक्रियाका सवालमा  आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै