• २०८१ मङ्सिर ३ सोमबार

न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । श्रीलंकाले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।

गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्यूजील्याण्डविरुद्धको ३ खेलको सिरिज २-० ले जितेको हो ।

न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित खेल ४७-४७ ओभर खेलाइएको थियो । यस अघि न्यूजील्याण्डले ४५.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो ।
अब सिरिजको अन्तिम खेल मंगलबार खेलिदै छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै