• २०८१ मङ्सिर ३ सोमबार

माओवादीलाई हराउन तालमेल: उम्मेदवार एमालेको, चुनाव चिन्ह कांग्रेसको

kharibot

सुर्खेत । पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले–कांग्रेसले चुनावी तालमेल गरेका हुन् ।  माओवादी केन्द्रको गढ मानिएको पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेका हुन् ।

माओवादी केन्द्रलाई हराउन कांग्रेस-एमालेले रोचक तालमेल गरेका छन् । जसमा एमालेकी उम्मेदवार केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेकी छन् । एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत रहेकी तुलाचन कांग्रेसको चुनाव चिन्ह रुखबाट मनोनयन दर्ता गरेकी छन् । 

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । 

सवारी दुर्घटनामा परी उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै