काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले ढुंगानाको निधनले मर्माहत भएको उल्लेख गर्दै राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सँधै स्मरण हुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
पूर्व सभामुख दमननाथ ढुंगानाको निधनले मर्माहत भएको छु । राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सँधै स्मरण हुनेछ। प्रिय ढुंगानाप्रति श्रद्धान्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।