• २०८१ मङ्सिर ३ सोमबार

रुसको युक्रेनका धेरै ठाउँमा मिसाइल र ड्रोन आक्रमण

kharibot

काठमाडौँ । रुसले युक्रेनका धेरै ठाउँमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । सेप्टेम्बरयता युक्रेनमा रुसले गरेको यो सबैभन्दा ठूलो हमला हो । यस हमलामा रुसले फेरि युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ, जसमा जेनेरेटर र प्रसारण स्टेशनहरू समावेश छन् । युक्रेनको दक्षिणमा अवस्थित माइकोलाइभ सहर यस आक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो ।

युक्रेनको आपतकालीन सेवाका अनुसार यस आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै दुई बालबालिकासहित छ जना घाइते भएका छन् । आगलागीका कारण आवासीय भवन, अग्लो भवन, कार, सपिङ सेन्टर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।

युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र र ड्रोन रोकिएको थियो जसका टुक्रा धेरै ठाउँमा खसेका मिडिया रिपोर्टमा उल्लेख छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै