• २०८१ मङ्सिर २ आइतबार

किर्तिपुरको मेयरमा स्वतन्त्र, राप्रपा र जसपाबाट उम्मेदवारी दर्ता

kharibot

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता जारी रहेको छ ।

अहिलेसम्म सरसफाइ अभियन्ता राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने जसपा र राप्रपाका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गरेका छन् । २०६७ साल भदौदेखि सरसफाइको अभियान चलाउँदै आएका महर्जनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उनलाई समर्थन गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र दुई वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । राप्रपाका ध्रुव महर्जनले प्रमुखमा, विजय बस्नेतले वडा नम्बर ४ को अध्यक्षमा र सुरेन्द्रप्रसाद उप्रेतीले वडा नम्बर १ को अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । मेयरमा दीपक महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर ४ को अध्यक्षमा राजिब महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

किर्तिपुरमा कांग्रेस, माओवादी र एमालेका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गर्नेक्रममा रहेका छन् । कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ भने एमालेबाट डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै